१४ कात्तिक, काठमाडौं । चिनियाँ अनुदानको
पेट्रोलियम पद्धार्थ लिन केरुङ गएका ट्यांकर चालकहरुले बाटो अफ्ठ्यारो भएको भन्दै ट्यांकरको
क्षमताअनुसार अर्थात् फुल ट्यांक बोक्न नसक्ने
बताएका छन् ।
नेपालतर्फको बाटो खराब भएको भन्दै ड्राइभरहरुले नेपाल आयल निगमका प्रवक्ता दिपक बरालसँग
फूल ट्यांक अपलोड नगर्ने बताएका हुन् । शनिबारमात्रै अनुदानको तेल भर्न ३ वटा ट्यांकर केरुङ प्रबेस गरिसकेका छन् । ४ वटा ट्यांकर
केरुङ प्रवेस गरे थिए तर चिनियाँ पक्षले शनिबार ३ वटालार्इ मात्रै पुग्ने तेल भर्ने
जनाएपछि एउटा फर्किएको हो ।
आयल निगमले १२ वटा ट्यांकर पठाएको भएपनि चिनीयाँ पक्षले बाँकी ट्यांकरमा
आइतबार मात्रै तेल अपलोड गर्ने भनेपछि आठ वटा ट्यांकर नाकाभन्दा केही वर टिमुरेमा बसेका छन् ।
ड्राइभरले फूट ट्यांक अपलोड गर्न नसक्ने बताएपछि केरुङ पुगेका ट्यांकरहरुल
क्षमताभन्दा कम मात्रै तेल लिएर आउने भएका संभावना बढेर गएको छ ।
निगमले प्रति ट्यांकर १२ हजार किलोलिटर क्षमताका ट्यांकर पठाएको भएपनि
ड्राइभरहरुको आग्रहृका कारण ८ हजार देिख १० हजार किलोलिटर मात्रै अपलोड गर्ने
संभावना बढेको हो ।
नेपालतर्फ करिब १० किलोमिटर कच्ची सडक छ बाँकी पीच सडक पनि अत्यन्तै साँघु
भएकाले ठूला ट्यांकरलाई समस्या भएको हो ।
‘केही ठाउँमा बाटो निकै खराब छ । बाटो नबनाइकन तेल ल्यामउन समस्या छ ।’ आयल निगमका प्रवक्ता दिपक बरालले भने- सरकारले कूल मागको एक तिहाइ चनीबाट
आयात गर्ने सम्झौता गरिसकेकाले पक्कै पनि तत्कालै बाटो बनाउन पहल गर्ने छ ।’
बाटो बनिसकेपछि भने चाहेजति पेट्रोल ल्याउन सक्ने बरालले जानकारी दिए ।
नेपालले चार दशक लामो भारतीय एकाधिकार तोड्दै यसैहप्ता मात्रै चीनबाट पेट्रोलियम
पद्धार्थको किन्ने सम्झौता गरेको छ ।
केही समयभित्रै दुई देशबीच तेलको किनबेचको व्यावसायिक सम्झौता हुँदैछ । चीनले
केरुङको बाटो हुँदै नेपालमा पेट्रोलियम पद्धार्थ बेच्ने जनाएको छ ।
यद्यपि सानो बाटो भएकाले तत्काल यो नाकाबाट काठमाडौं उपत्यकाको माग सम्बोधन गर्नेगरी मात्रै
पनि तेल आउन सक्ने अवस्था भने छैन । तर, भारतले नाकाबन्दी लगाइरहेका बेला
चीनबाट पेट्रोल भित्रन थाल्नुले भने ‘साइकोलोजिकल’ रुपमा ठूलो अर्थ राख्छ ।

No comments:
Post a Comment