यो कुरा सत्य हो की यदि आत्मविश्वास तथा
अठोट हुन्छ भने कुनैपनि कठिनाइले तपाइँको बाटो छेक्न सक्दैन । २३ वर्षकी यी सुन्दरीको
हकमा पनि यहीँ सत्य लागु हुन्छ ।
जन्मैदेखि दुवै खुट्टा नभएकी यी युवती अहिले सेलिब्रेटी मोडेल बनेकी छिन् । उनको एक दिनको कमाइ
अहिले १ हजार डलर भन्दा बढि छ ।
अमेरिकाको लस एन्जल्सकी बासिन्दा कान्या सेसर पेशाले मोडेल हुन् । विभिन्न
ब्राण्डका लुगाहरुको विज्ञापनका लागि उनी मोडलिंग गर्दै आएकी छिन् । उनका दुवै खुट्टा छैनन् । अझ
भनौँ खुट्टाको नामोनिसानै छैन । कम्मर माथि सबै
ठीकठाक छ सरीर । तर कम्मर मुनि खुट्टाको नाउँमा केवल दुइवटा डल्ला मात्र छन् ।
थाइल्याण्डमा जन्मिएकी कान्याले आफ्नो जिवनको पूर्वार्धमा निकै दुख पाइन् ।
थाइल्याण्डका बौद्ध मन्दिर बाहिर मागेर गुजारा गरिन् र सडकमै उनको बास भयो । उनी जन्मेको
१ महिनामै उनका बाबुआमाले उनलाई मन्दिर बाहेर छाडेर
भागेका थिए । पाँच वर्षसम्म उनी त्यहीँ बसिन् तर भाग्य चम्किन बेर लागेन । उनी पाँच वर्षको
हुँदा एक दयालु अमेरिकी दम्पतिले उनलाई अपनाए र
अमेरिकी लगे । उनको पालनपोषण गरेर हुर्काए । आज उनी अमेरिकाको लस एन्जल्समा धूम
मच्चाइरहेकी छिन् ।

No comments:
Post a Comment