Social Icons

मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ

Featured Posts

.

Sunday, April 15, 2018

फरार अभियुक्त भारतबाट पक्राउ

२ बैशाख, काठमाडौं । काठमाडौं टोखा नगरपालिका, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको खुलेको छ । उनले रातिसँगै बसेका युवकलाई ब्ल्याकमेल गरेपछि उनको हत्या भएको खुलेको हो । हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका१ का २२ वर्षीय गोपाल शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्था पक्राउ गरेर ल्याएको छ । प्रहरीसँग बयान दिने क्रममा उनले युवतीले सहमति अनुसार सम्पर्क गर्न नदिइ गाली गलौज गरेपछि हत्या गर्नु परेको बताएका छन् । राति रक्सी खाएर लठ्ठ भएर निवस्त्र भए पनि सहमति अनुसार सम्पर्क गर्न दिइन । बरु उल्टै केटाहरु बोलाएर खत्तम पार्छु भन्दै धम्काइन्’, प्रहरीले अभियुक्तको बयानलाई उदृत गर्दै भन्यो, ‘यसरी नै कति केटालाई लुटिसकेँ । तँलाई पनि लुट्ने हो । तेरो आमा, दिदी बहिनीहरुसँग सम्पर्क गर भनेर भनेपछि आवेशमा केटीलाई घाँटी र दुवै खुट्टामा बाँधेर होटलबाट भागेको हुँ । उनका अनुसार उनीहरु घटनाअघिसम्म अपरिचित थिए । बसर्पाकमै भेट भएर सहमतिमा दुई हजार रुपैयाँमा युवती युवकसँग गेष्ट हाउस गएकी थिइन् । उनीहरु २२ चैतमा राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी मृत अवस्था भेटिएकी थिइन् । र, प्रहरीले अनुसन्धान थालेको थियो ।

Saturday, March 12, 2016

कति हतार


लुकाएको वा पर्दा नखोलिएको वस्तुको महत्व देखिसकिएको वा थाहा पाइसकेको वस्तुको भन्दा बढी हुन्छ भन्ने कुरा नेपाली चलचित्रका महानायकलाई थाहा रहेनछ, अरूको त के कुरा गर्नु ?
नायिकाहरू चलचित्रको छायांकनस्थलबाट सेल्फी खिच्दै फेसबुकमा पोस्ट गरेको देखिएकै हो, त्यसरी उनीहरूले चलचित्रका लागि धारण गरिएको आफ्नो गेटअप सार्वजनिक गरिदिन्छन् । महानायक राजेश हमालले तीभन्दा १० कदम अघि बढेर चलचित्र शकुन्तलामा आफूले महिला भेष धारण गरेको कुरा तस्बिर तथा भिडियोमार्फत चलचित्रको छायांकन नसकिँदै जगजाहेर गरिसके ।
तीन दशक लामो आफ्नो चलचित्र यात्रामा राजेश हमालले महिला भएर अभिनय गरेको यो पहिलो अवसर हो, तर उनले आफ्नो भेष पहिल्यै देखाइसकेपछि अब के त्यो भूमिकाले चर्चा पाउला ? बलिउडका कलाकारहरू चलचित्र आउनुअघि आफ्नो नयाँ गेटअप सकेसम्म लुकाउँछन् । किनभने चलचित्र चलाउन र दर्शकहरूलाई आफ्नो भूमिकाप्रति कौतूहलता जगाउन त्यसो गर्नु राम्रो हुने कुरा उनीहरूले बुझेका छन् । हाम्रा नायक तथा नायिकाहरूलाई कति हतार

Monday, December 21, 2015

तीनबुँदे प्रस्तावलाई सकारात्मक भन्दै भारतद्वारा स्वागत



भारतीय बिदेशमन्त्री सुष्मा स्वराज ।
६ पुस, काठमाडौं । मधेस समस्या समाधानका लागि सरकारले अघि सारेको तीनबुँदे प्रस्तावको भारतले स्वागत गरेको छ । नेपालले घोषणा गरेको संविधानको स्वागत नगरेको भारतले संविधान संशोधन गर्ने निर्णयको भने स्वागत गरेको हो ।
साथै उसले नेपालको अवस्था सामान्य हुनासाथ दुई देशको व्यापार सहज हुने विश्वास समेत व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषदले पास गरेको प्रस्ताव उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले विदेशमन्त्री सुष्मा स्वराजलाई जानकारी गराएको बताएको छ ।
नेपालको गतिरोध अन्त्यका लागि भएको सकारात्मक विकासको भारत सरकार स्वागत गर्छविज्ञप्तिमा भनिएको छ ।
सरकारले तीनबुँदे प्रस्ताव अघि सारेको छ, जसमा संविधान संशोधन विधेयक अघि बढाउने र राजनीतिक संयन्त्र बनाएर सीमांकनमा सहमति गर्ने उल्लेख छ । साथै नागरिकता लगायतका विषयमा पनि वार्ता र सम्वादमार्फत नै सहमति खोजिने उल्लेख छ ।
भारतले छिमेकी र शुभचिन्तक हुनुको नाताले नेपालमा संविधानलाई लिएर देखिएको मतभेद र अशान्तिसँग आफ्नो गहिरो सम्वन्ध रहेको बताएको छ । उसले संवैधानिक मुद्धामा देखिएको असन्तुष्टि सम्बोधनका लागि आवश्यक परिपक्कता र लचकता देखाउन नेपालका राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ ।
भारतले नेपालको अवस्था सामान्य हुनासाथ दुई देशबीचको व्यापारका लागि सहज वातावरण बन्ने बताएको छ ।

Saturday, October 31, 2015

केरुङबाट ‘फूल ट्यांक’ पेट्रल ल्याउन सकिँदैन : ट्यांकर ड्राइभर

Description: Tanker oil






१४ कात्तिक, काठमाडौं । चिनियाँ अनुदानको पेट्रोलियम पद्धार्थ लिन केरुङ गएका ट्यांकर चालकहरुले बाटो अफ्ठ्यारो भएको भन्दै ट्यांकरको क्षमताअनुसार अर्थात् फुल ट्यांक बोक्न नसक्ने बताएका छन् ।
नेपालतर्फको बाटो खराब भएको भन्दै ड्राइभरहरुले नेपाल आयल निगमका प्रवक्ता दिपक बरालसँग फूल ट्यांक अपलोड नगर्ने बताएका हुन् । शनिबारमात्रै अनुदानको तेल भर्न ३ वटा ट्यांकर केरुङ प्रबेस गरिसकेका छन् । ४ वटा ट्यांकर केरुङ प्रवेस गरे थिए तर चिनियाँ पक्षले शनिबार ३ वटालार्इ मात्रै पुग्ने तेल भर्ने जनाएपछि एउटा फर्किएको हो ।
आयल निगमले १२ वटा ट्यांकर पठाएको भएपनि चिनीयाँ पक्षले बाँकी ट्यांकरमा आइतबार मात्रै तेल अपलोड गर्ने भनेपछि आठ वटा ट्यांकर नाकाभन्दा केही वर टिमुरेमा बसेका छन् ।
ड्राइभरले फूट ट्यांक अपलोड गर्न नसक्ने बताएपछि केरुङ पुगेका ट्यांकरहरुल क्षमताभन्दा कम मात्रै तेल लिएर आउने भएका संभावना बढेर गएको छ ।
निगमले प्रति ट्यांकर १२ हजार किलोलिटर क्षमताका ट्यांकर पठाएको भएपनि ड्राइभरहरुको आग्रहृका कारण ८ हजार देिख  १० हजार किलोलिटर मात्रै अपलोड गर्ने संभावना बढेको हो ।
नेपालतर्फ करिब १० किलोमिटर कच्ची सडक छ बाँकी पीच सडक पनि अत्यन्तै साँघु भएकाले ठूला ट्यांकरलाई समस्या भएको हो ।
केही ठाउँमा बाटो निकै खराब छ । बाटो नबनाइकन तेल ल्यामउन समस्या छ ।आयल निगमका प्रवक्ता दिपक बरालले भने- सरकारले कूल मागको एक तिहाइ चनीबाट आयात गर्ने सम्झौता गरिसकेकाले पक्कै पनि तत्कालै बाटो बनाउन पहल गर्ने छ ।
बाटो बनिसकेपछि भने चाहेजति पेट्रोल ल्याउन सक्ने बरालले जानकारी दिए ।
नेपालले चार दशक लामो भारतीय एकाधिकार तोड्दै यसैहप्ता मात्रै चीनबाट पेट्रोलियम पद्धार्थको किन्ने सम्झौता गरेको छ ।
केही समयभित्रै दुई देशबीच तेलको किनबेचको व्यावसायिक सम्झौता हुँदैछ । चीनले केरुङको बाटो हुँदै नेपालमा पेट्रोलियम पद्धार्थ बेच्ने जनाएको छ ।
यद्यपि सानो बाटो भएकाले तत्काल यो नाकाबाट काठमाडौं उपत्यकाको माग सम्बोधन गर्नेगरी मात्रै पनि तेल आउन सक्ने अवस्था भने छैन । तर, भारतले नाकाबन्दी लगाइरहेका बेला चीनबाट पेट्रोल भित्रन थाल्नुले भने साइकोलोजिकलरुपमा ठूलो अर्थ राख्छ ।

दुबै खुट्टा नभएकी सुन्दरी मोडेल भन्छिन् : मलाई सेक्सी देखिन खुट्टा चाहिन्न



यो कुरा सत्य हो की यदि आत्मविश्वास तथा अठोट हुन्छ भने कुनैपनि कठिनाइले तपाइँको बाटो छेक्न सक्दैन । २३ वर्षकी यी सुन्दरीको हकमा पनि यहीँ सत्य लागु हुन्छ । जन्मैदेखि दुवै खुट्टा नभएकी यी युवती अहिले सेलिब्रेटी मोडेल बनेकी छिन् । उनको एक दिनको कमाइ अहिले १ हजार डलर भन्दा बढि छ ।
अमेरिकाको लस एन्जल्सकी बासिन्दा कान्या सेसर पेशाले मोडेल हुन् । विभिन्न ब्राण्डका लुगाहरुको विज्ञापनका लागि उनी मोडलिंग गर्दै आएकी छिन् । उनका दुवै खुट्टा छैनन् । अझ भनौँ खुट्टाको नामोनिसानै छैन । कम्मर माथि सबै ठीकठाक छ सरीर । तर कम्मर मुनि खुट्टाको नाउँमा केवल दुइवटा डल्ला मात्र छन् ।
थाइल्याण्डमा जन्मिएकी कान्याले आफ्नो जिवनको पूर्वार्धमा निकै दुख पाइन् । थाइल्याण्डका बौद्ध मन्दिर बाहिर मागेर गुजारा गरिन् र सडकमै उनको बास भयो । उनी जन्मेको १ महिनामै उनका बाबुआमाले उनलाई मन्दिर बाहेर छाडेर भागेका थिए । पाँच वर्षसम्म उनी त्यहीँ बसिन् तर भाग्य चम्किन बेर लागेन । उनी पाँच वर्षको हुँदा एक दयालु अमेरिकी दम्पतिले उनलाई अपनाए र अमेरिकी लगे । उनको पालनपोषण गरेर हुर्काए । आज उनी अमेरिकाको लस एन्जल्समा धूम मच्चाइरहेकी छिन् ।

 
Blogger Templates